Best Blogger Tips

बिना इन्टरनेट च्याटिङको सुबिधा दिने नयाँ एप

(एजेन्सी)– आजकाल मार्केटमा थुप्रै प्रकारको च्याटिङ एप्सहरु उपलब्ध छन् । ह्वाट्स एपले त ५० मिलियन प्रयोगकर्ताहरु बनाइसकेको छ । ब्याट्रिको अलावा स्मार्टफोनमा च्याटिङ गर्ने समयमा सबैभन्दा बढि समस्या भनेको इन्टरनेट कनेक्सन नै हो ।

A new mobile messaging application called FireChat is empowering nearby smartphone users to stay in touch even when there's no cellular

वाई–फाई, टुजी, थ्रीजीको साथमा फोन कयौँ पटक रेञ्जमा नहुने भएका कारण च्याटिङमा समस्या हुने गर्दछ । तर अब यस्तो समस्या नहुने बताइएको छ ।



  How To Use Fire Chat - How to Chat Without Internet Connection
ओपन गार्डेन नामको एक प्राविधिक समूहले फायरच्याट नामको एप लञ्च गरेको छ । यो एप बिना इन्टरनेट कनेक्सन पनि सजिलै च्याटिङ गर्न सकिनेछ । यतिमात्र होइन, यो एप प्रयोग गर्नका लागि फोनमा नेटवर्कको पनि आवश्यकता छैन र यो एप प्रयोग गर्दा कुनै पनि शुल्क लाग्दैन ।

फायरच्याट एप सबैभन्दा पहिले आईओएस प्लेटफर्मको लागि लञ्च गरिएको थियो । ट्राक डट इन का अनुसार यो एपलाई प्रत्येक दिन आईओएस प्लेटफर्ममा करिब १ लाख डाउनलोड हुने गर्दथ्यो । लञ्च गरेको केहि दिनभित्र यो एप १.१४ प्रतिसेकेन्ड डाउनलोड भएको थियो । यो आँकडा ८० भन्दा बढि देशहरुको हो ।
केहि दिन पहिले यो एपलाई एन्ड्रोइड अपरेटिङ सिस्टमको लागि पनि लञ्च गरिएको थियो ।

A new mobile messaging application called FireChat is empowering nearby smartphone users to stay in touch even when there's no cellular
  How To Use Fire Chat - How to Chat Without Internet Connection
फायरच्याट एप फीचर्सको मामलामा निकै राम्रो साबित हुनसक्छ तर यो एपको धेरै कमीहरु पनि छन् ।
– यो ऐप प्रयोग गर्नका लागि म्यासेज पठाउने र पाउने व्यक्ति दुुबैको फोनमा फायरच्याट हुन जरुरी छ ।
– यो एपको सबैभन्दा ठूलो कमजोरी भनेको यो एप सिर्फ ३० देखि १०० फिटको दायरामा काम गर्दछ ।
फायरच्याटको एक इनटरनेट भर्सन पनि उपलब्ध छ जसले प्रयोगकर्ताहरु धेरै टाढासम्म पनि च्याट गर्न सक्छन् ।

Read more »

Latest Talk Shows